काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६६६ जना सवारी चालकलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।

शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

ADVERTISEMENT

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना, तीव्र गतिमा सवारी चलाउने ८५ जना र सिसिटिभी निगरानीमार्फत २९ जना चालक कारबाहीमा परेका छन्।

ADVERTISEMENT

त्यस्तै, रातो बत्ती उल्लंघन गर्ने १४ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५ जना, सवारीको अवस्था ठीक नभएका ११ जना र लेन अनुशासन उल्लंघन गर्ने ९ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४४१ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको विवरणअनुसार अन्य शीर्षकमा कारबाहीमा परेका चालकको संख्या सबैभन्दा बढी छ। त्यसपछि तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्या रहेको छ।