काठमाडौं । बालबालिकाको विकास, शिक्षा तथा युवालाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित गैरसरकारी संस्था वाई एन्ड डीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

संस्थाका अनुसार प्रतियोगिताबाट प्राप्त रकम परोपकारी कार्यमा खर्च गरिनेछ। खेलकुदलाई सामाजिक सेवासँग जोड्दै बालबालिकाको शैक्षिक तथा समग्र विकासमा सहयोग पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

ADVERTISEMENT

वाई एन्ड डीले आफ्नो प्रारम्भिक सामाजिक अभियान कास्कीको सिक्लेस क्षेत्रका बालबालिकालाई सहयोग गर्ने कार्यबाट सुरु गरेको जनाएको छ। प्रतियोगिताबाट संकलित रकमलाई संस्थाको सामाजिक अभियान विस्तार तथा बालबालिकाको सहयोगमा परिचालन गरिने आयोजकको भनाइ छ।

ADVERTISEMENT

प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान ८ बजे हुनेछ। प्रतियोगिताको सम्पूर्ण योजना तथा व्यवस्थापन संस्थाका अध्यक्ष कुशल कार्कीले सम्हालिरहेका छन्।

खेलकुद प्रतियोगितामार्फत सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने र आवश्यकतामा रहेका बालबालिकासम्म सहयोग पुर्‍याउने संस्थाको लक्ष्य छ।