काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैंयाँ तानेको छ । राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तानेको हो । राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि २० दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८३ मंसिर १७ गते तोकिएको छ ।
बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो ।
राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।













