काठमाडौं । पोखरा एभेन्जर्सका ब्याटर युवराज साम्राले जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा १४औँ अर्धशतक पूरा गरेका छन् ।राजधानीमा जारी प्रतियोगिताअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा साम्राले आक्रामक ब्याटिङ गर्दै २३ बलमै अर्धशतक पूरा गरेका हुन् । उनले दुई छक्का र ६ चौकाको मद्दतमा अर्धशतक बनाएका थिए ।
जारी प्रतियोगितामा हालसम्म १४ अर्धशतक प्रहार भएका छन् । विराटनगरका लोकेश बमले सर्वाधिक दुई अर्धशतक आफ्नो नाममा लेखाएका छन् ।त्यस्तै, विराटनगरका इमरान शेख र आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान र डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली र शैफ हसनले पनि अर्धशतक प्रहार गरेका छन् ।यसैगरी, कर्णाली याक्सका कप्तान सोमपाल कामी र डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी तथा चितवन राइनोजका डेभिड मलानले पनि अर्धशतक बनाइसकेका छन् ।












