काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।
क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।
क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो। प्रतियोगिता सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
तेस्रो संस्करणको एनपीएलका टिकट बिहीबार साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको क्यानले जनाएको छ।










