काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई दुई विधामा अवार्ड प्रदान गरिएको हो।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा पुरस्कार प्राप्त गरेको छ। बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) र फोनपे क्यूआर कारोबारमा गरेको प्रदर्शनका आधारमा यी अवार्ड प्राप्त गरेको जनाएको छ।

ADVERTISEMENT

बैंकका ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोग गरी एक बैंकबाट अर्को बैंकमा सहजै रकम स्थानान्तरण गर्न तथा फोनपे क्यूआरमार्फत विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था छ। डिजिटल माध्यमबाट हुने यस्ता कारोबारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन बैंकले सेवा विस्तार गर्दै आएको जनाएको छ।

ADVERTISEMENT

ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप सम्मान प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।

डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण तथा ग्राहककेन्द्रित सेवाले यो उपलब्धि हासिल गर्न सहयोग पुर्‍याएको बैंकको भनाइ छ। पछिल्लो समय मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा डिजिटल रकम स्थानान्तरणजस्ता सेवाको प्रयोग बढ्दै जाँदा बैंकहरूले पनि प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएका छन्।

ADVERTISEMENT

बैंकले आगामी दिनमा डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई थप सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ।