काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिने जानकारी दिएका छन्।

ADVERTISEMENT

उनका अनुसार अन्य पदका लागि खसेका मतपत्र भने आजै पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिनेछ। सभापति पदको नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना सुरु गरिनेछ।

ADVERTISEMENT

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सम्पन्न भएपछि अन्य पदको मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ।