काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ। मतदान अझै जारी रहेको छ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा कुल १ हजार २०७ मतमध्ये ६१३ मत खसेको छ। त्यस्तै, मधेश प्रदेशमा १ हजार २३४ मतमध्ये ५९० मत खसेको छ।

ADVERTISEMENT

अन्य प्रदेशबाट खसेको मतको विवरण भने उपलब्ध तथ्यांकमा समावेश छैन। मतदान सकिएपछि कुल मत खसेको संख्या र प्रदेशगत विवरण थप स्पष्ट हुनेछ।

ADVERTISEMENT