पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार, अरूको उपचार भइरहेको छ । मृत्यु भैसकेकाहरुको पनि पहिचान भैसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उनले बताए । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।






