काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै समिति गठन गरेको हो।
पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
उनका अनुसार समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन्।
समितिमा सबै प्रदेशलाई समेटिएको प्रवक्ता खरेलले बताए। उनका अनुसार सातै प्रदेशका सभापति समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ। समितिमा केही सदस्य अझै मनोनयन गर्न बाँकी रहेको खरेलले पार्टी बैठकपछि जानकारी दिएका छन्।
रास्वपाले यसअघि नै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार गरी प्रक्रिया अघि बढाएको थियो। पार्टीले उम्मेदवार छनोटलाई निश्चित मापदण्ड र प्रक्रियामा आधारित बनाउने तयारी गरेको छ।







