काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् । शनिबार (असोज १७) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उमेदवारी घोषणा गरेका हुन् ।

उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उमेदवारी दिने निर्णय गरेको बताए । कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उनले उल्लेख गरे ।

ADVERTISEMENT

“…मैले नेपाली कांग्रेसको यसपालि महामन्त्री पदमा मैले आफ्नो उमेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु,” उनले भने ।

ADVERTISEMENT

लोकतन्त्र पुनर्स्थापनाका निम्ति विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लविङ’ गरेको उनले स्मरण गरे । उनले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए ।

डा. शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । शर्मा त्यसअघि बेलबारी नगरपालिका–४ बाट क्षत्रिय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । उनी काग्रेसको राजनीतिमा ०५४ सालदेखि सक्रिय छन् ।

ADVERTISEMENT

कांग्रेसको १५औँ महाधिवेशन आइतबार (असोज १८)देखि काठमाडौंको खुलामञ्चमा हुँदै छ ।