काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बलियो सरकार किन कमजोर शासन गरिरहेको छ ? भनेर प्रश्न गरेका छन् । बिहीबार (असोज १५) प्रतिनिधिसभा बैठकमा उनले आफूहरूले कुनै व्यक्तिको अहंकार नखोजेको बताए ।

“हामीले बलियो सरकार खोजेका हौँ, पायौँ । तर, बलियो सरकार पनि किन कमजोर शासन गरिरहेछ ? यो मेरो मनमा साह्रै धेरै उब्जिरहेको प्रश्न हो,” उनले भने, “हामीले परिवर्तन खोजेका हौँ, कुनै व्यक्तिको अहंकार खोजेका होइनौँ ।”

ADVERTISEMENT

सरकार झिनामसिना मुद्दामा दिनदिनै अल्झँदै गए नेपाल र नेपालीको विकास तथा अग्रगमनको सपना फगत मृगतृष्णा हुने उनले बताए । “हामीले स्थिरता खोजेका हौँ, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन होइन ।

ADVERTISEMENT

र, सबैभन्दा महत्त्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौँ, नेतृत्वको काँचो लहड र हुकुमी दम्भ होइन । शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन । नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन,” उनले भने ।

उनले संसद् प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था नभएको पनि बताए । उनले नौ बुँदे सुझाव राखे ।

ADVERTISEMENT

भीष्मराज आङ्देम्बेको भनाइ पढ्नोस्–