काठमाडौं । चर्चित भारतीय स्ट्यान्ड-अप कमेडियन शारोन वर्मा प्रस्तुतिका लागि नेपाल आइपुगेकी छन् । आज आइतबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ कार्यक्रम हुँदैछ ।
काठमाडौं उत्रिए लगत्तै उनलाई नेपाली ढाकाटोपी लगाएदिएर पुष्पगुच्छाले स्वागत गरिएको थियो ।पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न हुनेछ । भारतमा स्ट्यान्ड-अप कमेडीका लागि प्रसिद्ध वर्माले हालैको ‘इन्डियाज गट लेटेन्ट’ शोबाट थप चर्चा पाएकी थिइन् ।
उनले भारतसहितका विभिन्न मुलुकमा पनि स्ट्यान्ड-अप कमेडी प्रस्तुत गर्दै आएकी थिइन् । उनी लाइभ प्रस्तुति मात्र होइन, सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममा पनि उत्तिकै सक्रिय छिन् ।
काठमाडौंको शोमा वर्माले लाइभ प्रस्तुति दिने कार्यक्रम छ ।








