पोखरा । केही दिनदेखिको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै माछापुच्छ्रे हिमाल स्पष्ट देखिएको छ।
वर्षाका कारण केही दिनयता बादलले ढाकिएको हिमाल आइतबार बिहान मौसम खुलेपछि आकर्षक रूपमा देखिएको हो। खुलेको आकाशसँगै माछापुच्छ्रे हिमालको सेतो स्वरूपले पोखराको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ।
वर्षापछि खुलेको मौसममा हिमाल स्पष्ट देखिएपछि स्थानीय तथा पर्यटकहरूले हिमालको दृश्य क्यामेरामा कैद गरेका छन्। पोखराबाट माछापुच्छ्रे हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।











