पोखरा । बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ हर्दरामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।
माथिबाट अकस्मात खसेको पहिरोले घर पुरिएको हो । घरमा रहेका ५ जनामध्ये ४ जनाको मृत्यु भएको पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिए ।
मृत्यु हुनेमा ३९ वर्षकी श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।
उनका अनुसार, ५ जना रहेकोमा एक जना बिहानै घरबाट बाहिर निस्किएकाले ज्यान जोगिएको बताइएको छ । घरभित्र रहेका अन्य चार जनाको पुरिएर मृत्यु भएको बताइएको छ ।
पहिरोको खबर पाएलगत्तै वडा अध्यक्ष तथा प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउँदैछ ।









