काठमाडौँ : आश्विन (असोज) कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। शास्त्रीयरूपमा पार्वण वा महालय श्राद्ध भनिए पनि बोलीचालीमा यसलाई १६ श्राद्ध भनिन्छ।

आफ्ना पितृमध्ये पिता (बुबा) को तिथिलाई आधार मानेर श्राद्ध गरिन्छ। तर पिण्ड भने पितातर्फका तीन कुल र मातातर्फका तीन कुललाई दिइन्छ। कतिपयले भने सबै पितृलाई पिण्ड दिन्छन्।

ADVERTISEMENT

यो वर्षको सोह्र श्राद्ध असोज ११ गते शुरु हुँदैछ। समाप्ति भने असोज २४ गते हुनेछ ।

ADVERTISEMENT

हेर्नुहोस् कुन तिथिको श्राद्ध कहिले पर्छ ?

११ गते आइतबार- प्रतिपदा श्राद्ध (सोह्रश्राद्ध आरम्भ)

ADVERTISEMENT

१२ गते सोमबार- द्वितीया श्राद्ध

१३ गते मंगलबार- तृतीया श्राद्ध

१४ गते बुधबार- चतुर्थी श्राद्ध

१५ गते बिहीबार- पञ्चमी/षष्ठी श्राद्ध

१६ गते शुक्रबार- सप्तमी श्राद्ध

१७ गते शनिबार- अष्टमी श्राद्ध

१८ गते आइतबार- नवमी श्राद्ध (मातृनवमी)

१९ गते सोमबार- दशमी श्राद्ध

२० गते मंगलबार- एकादशी श्राद्ध

२१ गते बुधबार- द्वादशी श्राद्ध (मघा श्राद्ध)

२२ गते बिहीबार- त्रयोदशी श्राद्ध

२३ गते शुक्रबार चतुर्दशी श्राद्ध (शस्त्रादिबाट निधन भएको श्राद्ध गर्ने दिन)

२४ गते शनिबार औँसी श्राद्ध (सोह्रश्राद्ध समाप्त)