काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार मुख्य कलाकारलाई समेट्दै पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सिनेमामा पाँच पाण्डव बनेका कलाकारहरू हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील श्रेष्ठ छन् । पोस्टरमा हरिवंशलाई युधिष्ठिर, जितुलाई भीम, आर्यनलाई अर्जुन, महेशलाई नहकुल र सुशीललाई सहदेवका रूपमा प्रस्तुत गरिएको छ । रथमा रहेका पाँचमध्ये हरिवंश बसेका छन् भने बाँकी चारजना उनको पछि उभिएका छन् ।

ADVERTISEMENT

‘पाँच पाण्डव’लाई वसन्त निरौलाले निर्देशन गरेका छन् । चलचित्रमा महिला मुख्य पात्रमा दीपाश्री निरौला, जनी गुरुङ र इभा गिरी छन् ।

ADVERTISEMENT

चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् ।