काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

बिहीबार सार्वजनिक लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी)कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ ।

ADVERTISEMENT

लोगोमा राखिएको १५ को १ मा पार्टीका नेताहरूको तस्बिर राखिएको छ । तस्बिरमा विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको तस्बिर राखिएको छ ।

ADVERTISEMENT

त्यस्तै १ मा चन्द्र र सूर्य पनि राखिएको छ । कांग्रेसले १५ औँ महाधिवेशनको मूल नारा गौरव, गति र गन्तव्य राखेको छ । कांग्रेसले स्लोगनका रूपमा परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प राखेको छ ।

कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ सम्म हुँदैछ ।

ADVERTISEMENT