भक्तपुर । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताए।

ADVERTISEMENT

कोइरालाले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको उल्लेख गरे। तर सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने उनको भनाइ छ।

ADVERTISEMENT

उनले भने, ‘पार्टीलाई एकजुट पारौँ। आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ। यो अधिवेशनलाई सफल पारौँ। यो सफलता नै नेपाली कांग्रेसको सफलता हो र राष्ट्रको सफलता हो।

लोकतन्त्रको सफलता हो। हामीले बनाएको संविधानको सफलता हो। पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु। तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ। यसैमा हाम्रो भलाई छ।’

ADVERTISEMENT

पार्टीभित्रको अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरे।