काठमाडौं । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल छन् ।

ADVERTISEMENT

पहिलो खेल समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजेदेखि अफगानिस्तान र जापानको बीचमा छ । दोस्रो खेल पौने ११ बजेदेखि समूह ‘बी’ मा रहेका हङकङ र मलेसियाबीच हुनेछ ।

ADVERTISEMENT

प्रतियोगितामा नेपालको खेल भने भोलि शुक्रबार रहेको छ । नेपाल र अफगानिस्तानबीच शुक्रबार बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । समूहमा तीन टोली रहेकाले नेपालले कम्तीमा एक खेल जित्न सके क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।

ADVERTISEMENT

क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।