काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्नका लागि इस्तानबुलमा भएको शान्ति वार्ता ठोस समाधानबिना समाप्त भएको छ ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तारडले दुई देशबीच भएको वार्ता व्यवहारिक सम्झौतामा पुग्न नसकेको बताए ।

ADVERTISEMENT

वार्ता अक्टोबर २५ देखि टर्की र कतारको मध्यस्थतामा चलिरहेको थियो । दुई छिमेकी देशहरूबीचको यो बैठक अक्टोबर १९ मा दोहामा भएको युद्धविराम सहमतिपछि आयोजना गरिएको थियो । तर, लगातारको मतभेद र आरोप–प्रत्यारोपका कारण वार्ता निष्कर्षविहीन रहेको बताइएको छ ।

ADVERTISEMENT

तारडले भने, “अफगान प्रतिनिधिमण्डल मुख्य मुद्दाबाट भट्कियो र कुराकानीको मूल उद्देश्यबाट पर गयो । जिम्मेवारी स्वीकार गर्नुको सट्टा अफगान तालिबानले आरोप–प्रत्यारोप र बहानाबाजी मात्र गर्‍यो ।”

पाकिस्तान तालिबानले तहरिक–ए–तालिबान पाकिस्तान ९टीटीपी०लाई लगाम लगाओस्, भन्ने चाहन्थ्यो । टीटीपीलाई पाकिस्तानले हालैका हमलाहरूका लागि जिम्मेवार ठहर गरेको छ । तर, तालिबानले टीटीपीमाथि नियन्त्रण गर्न अस्वीकार गर्दै उक्त समूह आफ्नो नियन्त्रणमा नरहेको बताए ।

ADVERTISEMENT