काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारका नाममा आदेश दिएको हो। दाहालसँगै अनुसन्धानको मिसिल पनि पेश गर्न भनिएको छ।

ADVERTISEMENT

आदेशमा ‘यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहके २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन’ भनिएको छ।
अमेरिका पत्रिका ‘ग्रे जोन’को रिपोर्टलाई लिएर सरकारले दाहाललाई पक्राउ गरेको थियो। उनको रिहाइको माग गर्दै डेनिका दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

ADVERTISEMENT

त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ गर्नुको कारण देखाउन पनि आदेश दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हा? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित’ लिखित जवाफ पेश गर्न भनेको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।

ADVERTISEMENT