काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितका लागि सरकारी कोषमा जम्मा हुने सहयोग रकम बढ्दै गएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
सरकारले उक्त कोषबाट यसअघि नै १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। कार्यालयका अनुसार विभिन्न नौ वाणिज्य बैंकमा रहेको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा छ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ।





