काठमाडौं । नेपालले एसियाली खेलकुदको महिला भलिबलमा लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार आइचीस्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा नेपाल इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको हो । नेपालले खेल १२–२५, २१–१५, २०–२५ ले गुमायो ।

ADVERTISEMENT

यससँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ । अब नेपालले वरीयता निर्धारणका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछ ।

ADVERTISEMENT

नेपाल पहिलो खेलमा घरेलु टोली जापानसँग सोझो सेटमा पराजित भएको थियो । बुधबार सम्पन्न एकतर्फी खेल जापानले २५–८, २५–१२, २५–११ ले आफ्नो पक्षमा पारेको थियो ।