काठमाडौं। अमेरिकामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत बेल्जियम र इजिप्टबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो। इजिप्टका इमाम असुरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

ADVERTISEMENT

पहिलो हाफमा अग्रता जोगाएको इजिप्ट दोस्रो हाफमा भने दुर्भाग्यपूर्ण आत्मघाती गोलको सिकार बन्यो। खेलको दोस्रो हाफमा इजिप्टका मोहम्मद हानीले आफ्नै पोस्टमा गोल गरेपछि बेल्जियमले खेललाई १–१ को बराबरीमा ल्याएको थियो।

त्यसपछि दुवै टोलीले जितका लागि आक्रामक प्रयास गरे पनि थप गोल निस्कन सकेन। निर्धारित समयसम्म कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो।

ADVERTISEMENT

बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। खेलभर दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखिँदा नतिजा बराबरीमा सीमित भएको हो।