एजेन्सी । इरानको मशहद विमानस्थलबाट उडेको केही समयमै यात्रुवाहक विमान आपत्कालीन अवतरण गरिएको छ।
मंगलबार साँझ उडान भर्ने क्रममा सफरान एयरलाइन्सको बोइङ ७३७ विमानको एउटा टायर पड्किएको थियो। टायर पड्किएपछि विमानको इन्जिनमा समेत क्षति पुगेको जनाइएको छ।
समस्या देखिएपछि पाइलटले विमानलाई सुरक्षित रूपमा पुनः मशहद विमानस्थलमा अवतरण गराएका थिए। विमान मशहदबाट केर्मानशाहतर्फ उडेको थियो।
विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको र घटनामा कोही पनि घाइते नभएको जनाइएको छ।
इरानी समाचार एजेन्सी ‘आख्रिन खबर’ले सार्वजनिक गरेको भिडियोमा अवतरणका क्रममा विमानको छतको भित्री भाग फुटेर यात्रुमाथि खसेको देखिएको छ।






