अब नेपालमा दर्ता हुने नयाँ सार्वजनिक सवारीसाधन क्रमशः विद्युतीय मात्रै हुने गरी सरकारले नीति तथा कानुन बनाउने तयारी गरेको छ।भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार अब दर्ता हुने नयाँ सार्वजनिक सवारी विद्युतीय हुनुपर्ने व्यवस्था गरिँदैछ। ट्याक्सी, छोटो दूरी र लामो दूरीका बसलाई समेत क्रमशः विद्युतीयमा रूपान्तरण गर्ने सरकारको योजना छ।

यही नीतिलाई ध्यानमा राखेर सरकारले गत जेठ २७ गतेदेखि कालो नम्बर प्लेटका नयाँ सार्वजनिक सवारीको दर्ता रोकेको जनाएको छ।तर, अहिले सञ्चालनमा रहेका डिजेल सवारीलाई भने सरकारले क्रमशः स्क्र्याप गरी विद्युतीय सवारीमा विस्थापन गर्ने योजना बनाएको छ।

ADVERTISEMENT

यसका लागि व्यवसायीलाई स्क्र्याप भ्यालु, सहुलियतपूर्ण कर्जा, अनुदान तथा भन्सार छुटजस्ता सुविधा उपलब्ध गराउन सकिने मन्त्री लम्सालले बताएका छन्।सरकारले सार्वजनिक यातायातलाई बीआरटी मोडलमा व्यवस्थित गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन प्रणाली विकास गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।

ADVERTISEMENT

निजी सवारीमा ईभीको प्रयोग तीव्र रूपमा बढे पनि सार्वजनिक यातायातमा यसको प्रयोग अझै कम छ। त्यसैले सरकारले अब नीतिगत रूपमै सार्वजनिक यातायातलाई विद्युतीयतर्फ लैजाने तयारी गरेको हो।

 

ADVERTISEMENT