काठमाडौं । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार बिहान उपचारका लागि बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पताल भर्ना गरिएको थियो। उनलाई बेहोस अवस्थामै अस्पताल पुर्याइएको थियो।
गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका डा. दिवाकार सिंह थापाले जानकारी दिए। इलाममा सन् १९६० मा जन्मिएका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि हुन्।
लेखक समेत रहेका गौतमको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ।










