काठमाडौँ । काठमाडौँमा जारी नेपाल भलिबल लिग (एनभीएल) ले पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

केडिया ग्रुपको आयोजनामा भइरहेको लिगको पहिलो दिन टिकट बिक्रीबाट संकलन भएको रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ भोटेकोसी बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको एनभीएलले जनाएको छ।

ADVERTISEMENT

केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले सो रकम बराबरको चेक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।केडियासहित नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र नेपाल भलिबल लिग सीओओ विकास खेतानले सिंहदरबारमा पुगि प्रधानमन्त्री वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

एनभीएलले यसअघि नै पहिलो दिनको टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको थियो। लिगमा सगरमाथा स्म्यासर्स, कर्णाली शिवराज, मधेश वारियर्स, खप्तड फाल्कन्स, काठमाडौँ रेड्स र अन्नपूर्ण स्पाइकर किङ्सले स्पर्धा गरिरहेका छन्।

ADVERTISEMENT