काठमाडाैं। पर्साकाे वीरगञ्जमा बुधबार नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी टुर हुने भएको छ।

काठमाडाैं उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो। नेपाल भलिबल लिगमा मधेशको प्रतिनिधित्व गर्ने टोली मधेश वारियर्सको समन्वयमा बुधबार वीरगञ्जमा र बिहीबार जनकपुरमा ट्रफी टुर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ।

नेपालमै पहिलो पटक हुन लागेको पुरुष फ्रेन्चाइज लिग एनभीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र वसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो। संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनभीएलको पहिलो संस्करण यहि भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेप कभर्डहलमा हुने भएकाे छ।

ADVERTISEMENT