काठमाडौँ । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

सगरमाथाले पहिलो र दोश्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्‍याे । तेश्रो सेट सगरमाथाले २५–१९ ले जित्यो । दुई खेलमा सगरमाथाको यो लगातार दोश्रो जित हो ।

ADVERTISEMENT

पहिलो खेलमा सगरमाथाले मधेशलाई ३–१ ले पाखा लगाउँदै विजयी सुरुआत गरेको थियो । सगरमाथाका आइमल खान ‘म्यान अफ द म्याच’ चुनिए । आइमल लगातार दोश्रोपटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । मधेश विरुद्धको खेलमा पनि अइमल ‘म्यान अफ द म्याच’ बनेका थिए ।

ADVERTISEMENT

प्रतियोगिता आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौँ रेड्सको सामना गर्ने छ भने दोश्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच हुनेछ ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् ।

ADVERTISEMENT