काठमाडौं ।  बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज (भदौ २२ गते सोमबार) तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो।

ADVERTISEMENT

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदाै १८ राजपत्रमा प्रकाशित गरेको सूचनामा तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ।

ADVERTISEMENT