काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका कारण आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार वितरण कार्यक्रम स्थगित गरेको छ । देश विपद् र शोकमा रहेका बेला पुरस्कार वितरण कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने भन्दै विभागले कार्यक्रम स्थगित गरेको हो ।
भदौ १६ गतेका लागि तय भएको कार्यक्रम स्थगित भएपछि अब भदौ महिनाभरिका विजेतालाई आगामी असोज १ गते एकैपटक पुरस्कार वितरण गरिने आन्तरिक राजस्व विभाग, लाजिम्पाटले जनाएको छ ।
विपद्का कारण रसुवा, नुवाकोट लगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको र प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको कार्य जारी रहेकाले सोही परिस्थितिलाई ध्यानमा राखेर यो निर्णय गरिएको विभागले जनाएको छ ।





