काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि नयाँ शहर बनाइदिने भएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले विकास समितिको बैठकमा बोल्दै बाढी प्रभावितका लागि नयाँ शहर बनाइने बताएका हुन् ।
बाढीले क्षतिग्रस्त स्थानमा पुनः बस्ती बसाल्न असम्भव भएको बताउँदै मन्त्री लम्सालले सरकार नयाँ शहर बनाउने अवधारणासहित अघि बढेको बताएका छन् ।
हाल सरकार बाढी प्रभावितहरुलाई पुरानै ठाउँमा फर्काउने योजनामा नरहेको मन्त्री लम्सालले बताए । उनले बरु उद्योग, अस्पताल र विद्यालयसहितका सुविधा समेटेर नयाँ शहर निर्माण गर्ने योजनामा सरकार रहेको बताएका छन् ।
लड्न स्थानीय सरकारलाई समेत सुविधा सम्पन्न बनाउनुपर्ने पाठ सिकाएको बताएका छन् ।





