काठमाडौं । भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँचजना कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकका अनुसार टिमुरे शाखामा कार्यरत भीम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ हालसम्म सम्पर्कमा आउन सकेका छैनन्।
बैंकले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ। साथै, उनीहरूका बारेमा कुनै जानकारी प्राप्त भएमा तत्काल बैंकलाई खबर गरिदिन अनुरोध गरेको छ।





