काठमाडौं । रसुवामा बुधबार आएको भीषण बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकका अनुसार रसुवास्थित स्याफ्रुबेँसी शाखाका पाँच जना, टिमुरे शाखाका एक जना र मैलुङ एक्स्टेन्सन काउन्टरका एक जना कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
सम्पर्कविहीन हुनेमा स्याफ्रुबेँसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का रहेका छन्।
त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि बाढीपछि सम्पर्कविहीन बैंकले जानकारी गराएको छ ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाइएको छ।






