काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीसहित देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको हो । विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

ADVERTISEMENT

विपद्को समयमा जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी–गैरसरकारी निकायप्रति पनि कम्पनीले सम्मान व्यक्त गरेको छ ।

ADVERTISEMENT

कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT