काठमाडौं । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर रुपमा रहने भएको छ ।

यस सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रुपमा रहनेछ भने टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ। यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो र ग्लामरस फ्रेन्चाइज लिग एनपीएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई अझ सशक्त रुपमा दर्शकमाझ स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

ADVERTISEMENT

काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो। गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो भने यस वर्ष टाइटल स्पोन्सरको रुपमा आफ्नो सहभागितालाई अझ सशक्त बनाएको छ।

ADVERTISEMENT

यसैगरी काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक निर्देशक श्रवणबहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताउदै ूएक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा फरक छाप छोडन सफल भएकोले अहिलेको अवस्थामा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहभागिताबिना कुनै ठूलो खेलकुद प्रतियोगिता कल्पना गर्ने गाह्रो भइसकेको छ।

ADVERTISEMENT

‘यस्तो प्रभावशाली र खेलकुदप्रति प्रतिबद्ध ब्रान्डसँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं। यसले टोलीलाई उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा दिएको छ। यस्ता साझेदारीहरूले कुनै पनि टोलीको व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुऱ्याउँछन्,’ उनले भने ।

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकोले प्रतियोगितामा काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा अत्यन्त उत्साहित रहेको र एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा पुऱ्याउने विश्वास व्यक्त गरिन् ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रुपमा लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता, जय ट्रफी क्रिकेट प्रतियोगितामा पनि मुख्य प्रायोजकको रुपमा रहेको थियो।

काठमाडौं गोर्खाजसँँगको यो साझेदारीले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई नेपाली खेलप्रेमीमाझ अझ सशक्त रुपमा जोड्ने मात्र नभई नेपाली क्रिकेटको विकास र व्यावसायिककरणमा समेत सकारात्मक योगदान पुग्ने कम्पनीको विश्वास छ।

काठमाडौं गोर्खाजले यसअधि पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ भने करण केसी मार्की खेलाडी तथा कप्तान छन्। टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ।