स्याङ्जा । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

ADVERTISEMENT