काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा पार्टी कमजोर बनेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो समय पार्टी रणनीतिबाट विचलित भएर सत्ता समीकरण बनाउने र भत्काउनेमै केन्द्रित हुनु गम्भीर गल्ती भएको स्वीकार गरे।

ADVERTISEMENT

उनले जनयुद्धका बेला सामन्तवाद परास्त गर्ने स्पष्ट रणनीति रहेकाले सफलता हासिल भएको उल्लेख गर्दै अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा पार्टी ‘चक्करमा फसेको’ बताए।

ADVERTISEMENT

प्रचण्डले जनतासँगको सम्बन्ध कमजोर हुनु पार्टीको मुख्य त्रुटि भएको समेत स्वीकार गरे। उनका अनुसार पार्टीले किताब र भाषणमा विचारको कुरा गरे पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको हो।