बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोले दुई घरमा क्षति पुगेको छ। बेलुकीदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो आएको हो ।

त्रिवेणी नगरपालिका–९ ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको तथा सोही घरपरिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेका छन् ।

बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यका लागि नेपाल प्रहरी पहिरो स्थलमा पुगिसकेको छ।

ADVERTISEMENT