काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासी ६० वर्षीय हिरालाल पासवानले आत्महत्या गरेका छन् ।
कृषि विकास बैंक तालिम केन्द्रमा राखिएका पासवान बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
बुधबार दिउँसोदेखि कोठाभित्रै बसेका उनी आज बिहान झुण्डिएको अवस्थामा भेटिएको सेन्टरमा रहेका सुकुम्बासीहरुले बताएका छन् । उनको मृत्युपछि प्रहरी होल्डिङ सेन्टर पुगेको छ ।
यस घटनाले होल्डिङ सेन्टरको व्यवस्थापन, सुरक्षा र त्यहाँ रहेका व्यक्तिहरूको मानव अधिकार अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। सरकारले लामो समयदेखि बस्दै आएका सुकुमबासीको टहरा भत्काएपछि यसअघि तीनजनाले आत्महत्या गरिसकेका छन् ।






