काठमाडौं । एन्जल लर्ड १३ औँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा बुधबार भएको खेलमा एन्जल लर्डले स्वर्णिमलाई ४०–२४ ले पराजित गर्यो । एन्जल लर्डका केभिन चौलागाईंले १२ अंक जोडे ।
सिनियर ब्वाइजकै अन्य खेलमा न्यु जेनिथले सम्पदालाई २०–१०, सनसाइनले इनोभेटिभलाई ४६–३०, रेडियन्ट पब्लिकले काठमाडौं जेभियरलाई ६७–४४, राइजिङ स्टारले ग्रिनफिल्ड ‘बी’लाई ३३–२२ तथा काठमाडौं भ्यालीले अद्वित्यलाई ३८–१३ ले हराए ।
सिनियर गल्र्सतर्फ स्वर्णिमले न्यु जेनिथलाई १४–७, रेडियन्टले ग्रिनफिल्डलाई २५–१४ र काठमाडौं भ्यालीले अरुणीलाई १२–६ ले पराजित गरे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले काठमाडौं भ्यालीलाई २६–७, इनोभेटिभले केएससीएसलाई १६–४ तथा नेपालयले माइलस्टोनलाई १७–५ ले पराजित गरे ।





