काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद परियारले विगतको सरकारले विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहजीकरण गरेको भए पनि वर्तमान सरकारले विद्युतमा कर बढाएर नागरिकलाई थप भार पार्ने काम गरेको बताए ।

ADVERTISEMENT

उनले भने, ‘ऊर्जा नीति र कर सम्झौताको सम्बद्धमा नेपाल सरकारले इलेक्ट्रिक चुलोको सन्दर्भमा विगतको सरकारले नागरीकहरुलाएई सहजीकरण दिएका थिए । तर अहिलेको सरकारले विद्युतमा कर बढाएर नागरीको ढाड सेक्ने काम गरेको छ । यस्तो कुरामा सरकारलाई म सचेत गराउन अनुरोध गराउन चाहन्छु ।’

ADVERTISEMENT

परियारले पछिल्लो देवानगञ्ज घटनाका क्रममा सरकारले संघीय सरकार नै सबैभन्दा शक्तिशाली सरकार हो र काठमाडौंमा बस्ने राजनीतिज्ञ मात्र निर्णायक हुन् भन्ने मानसिकता देखाएको उनले टिप्पणी गरे ।

तराई क्षेत्रमा भएको घटनालाई समाधान गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख, स्थानीय राजनीतिक दल, नेता तथा प्रदेश सरकारसँग पर्याप्त समन्वय नगरी सरकारले आफ्ना कर्मचारी तथा प्रतिनिधि पठाएर सूचना संकलन गर्ने र त्यसकै आधारमा समस्या समाधान गर्न खोजेको उनले बताए ।

ADVERTISEMENT

उनले सरकारको यस्तो ‘अपरिपक्व’ कार्यशैलीले घटना थप जटिल बन्न सक्ने भन्दै आफू व्यक्तिगत रूपमा समेत चिन्तित भएको बताए ।

राजनीतिक दल, सरकार, धर्मगुरु तथा सामाजिक अगुवालगायत सबै पक्षको प्रयासबाट उक्त घटना समाधानतर्फ गएको उनले बताए । परियारले आगामी दिनमा यस्ता संवेदनशील घटनामा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए ।