काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि पोखरा अन्तर्राष्ट्रियविमानस्थल निर्माणमा कर छुट दिई भ्रष्टाचार गरेको आरोप थियो।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेविमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।

ADVERTISEMENT