काठमाडौँ । नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत अभनिशवीरसिंह तुलाधर सिंगापुरमा सम्पन्न ‘एसिया बिजने लिडर्स अवार्डमा ‘सिइओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

एसिया बिजनेस लिडर्स अवार्डले प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीहरुलाई उनीहरूको नेतृत्व, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उ‌द्योगहरूमा पुऱ्याएको रुपान्तरणकारी योगदानको कदर गर्दै सम्मानित गर्दै आएको छ।

ADVERTISEMENT

नेपाल लिकर्सको डाइरेक्टर अफ अपरेसन्सका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेपछि तुलाधर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए । यो सफलता नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि रहेको र यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गरेको कम्पनीले जनाएको छ ।

जेन जीु पुस्ताका गतिशील नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमण्ड र इसेक बिजनेस स्कुल बाट उच्च शिक्षा हासिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै बजारमा आधुनिक एवं दूरदर्शी दृष्टिकोण भित्र्याएको कम्पनीको भनाइ छ । उनको नेतृत्वले संस्थागत विरासतलाई चुस्त नवप्रवर्तनसँग जोड्‌दै बजारमा नयाँ गतिशीलता प्रदान गरेको नेपाल लिकर्सले जनाएको छ ।

ADVERTISEMENT

‘यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो। म यो अवार्ड हाम्रा संस्थापक मेरा पूज्य हजुरबुबा स्व. भक्तवीरसिंह तुलाधरको दूरदृष्टि र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु। हामी नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पु(याउन प्रतिबद्ध छौं,’ तुलाधरले भने ।

०३६ सालमा स्थापित नेपाल लिकर्स नेपालभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थहरुको उत्पादन, मिश्रण र वितरण गर्दै आएको एक अग्रणी कम्पनी हो। डियाजियो जस्ता विश्वप्रसिद्ध ब्राण्डको विश्वासिलो फ्रेन्चाइज पार्टनरको रूपमा कार्यरत नेपाल लिकर्सले सिग्नेचर व्हिस्की र स्मिरनोफ भोड्‌का जस्ता प्रसिद्ध ब्राण्डहरु उत्कृष्ट गुणस्तर, नवप्रवर्तन र व्यावसायिक नैतिकताका साथ उत्पादन गर्दै आएको छ।