काठमाडौं । अविरल वर्षासँगै देशका केही जिल्लामा सोमबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएको छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले काठमाडौंसहित २८ जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीमा आकस्मिक बाढी आई जोखिम हुने सम्भावना रहेको जानकारी दिएको छ।

ADVERTISEMENT

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।

ADVERTISEMENT

ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

दूधकोसी, बूढीगण्डकी, मरस्याङ्दी, सेती, कन्काईलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । आइतबार रातिदेखिकाे वर्षा साेमबार बिहान हालसम्म देशभर नै भइरहेकाे महाशाखाले जनाएकाे छ ।

ADVERTISEMENT

Image