काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्।

कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। कोशी प्रदेशका भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ।

ADVERTISEMENT

मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, मेची राजमार्गको इलाम (राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ।

ADVERTISEMENT

खोटाङको माम्खामा गएको पहिरोका कारण मध्य पहाडी लोकमार्गमा पनि सवारी साधन एकतर्फी मात्र चलिरहेका छन्। बागमती प्रदेशका प्रमुख सडकहरूमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म मात्र परिस्थितिको विचार गरी सवारी चल्न दिइनेछ।

ADVERTISEMENT

कान्ति लोकपथकाे हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।

अरनिको राजमार्ग  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी दुवै स्थानमा पहिरो गएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

755228231_1403800001652928_9201692967264530112_n