काठमाडौं । नेपालमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सेग्मेन्ट थप विस्तार हुने भएको छ। एड्भेन्चर क्रसओभर डिजाइनमा आधारित अल्ट्राभोइलेटको नयाँ इलेक्ट्रिक मोटरसाइकल ‘एक्स४७’ आगामी साउन २६ गतेदेखि नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक हुँदैछ । कम्पनीले यसलाई नाइमा मोबिलिटी एक्सपोमार्फत लन्च गर्ने तयारी गरेको हो ।

नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता वैद्यज् अर्गनाइजेसनले ‘एक्स४७’ क्रसओभरलाई नेपाल ल्याइसकेको छ र हाल विभिन्न सडकहरूमा यसको परीक्षण भइरहेको जनाएको छ । कम्पनीले यस मोटरसाइकलको प्रि–बुकिङसमेत खुला गरिसकेको छ ।

ADVERTISEMENT

यसअघि नेपाली बजारमा अल्ट्राभोइलेटको स्पोर्टी इलेक्ट्रिक मोटरसाइकल एक्स४७ उपलब्ध थियो । अल्ट्राभोइलेटको आधिकारिक वितरण अधिकार वैद्यज् ग्रुपले प्राप्त गरेपछि ‘एक्स४७’ कम्पनीको पहिलो नयाँ मोडलका रूपमा नेपाल भित्रिएको हो । नेपाली बजारमा उपलब्ध हुने यो मोडललाई पहिलो प्रिमियम इलेक्ट्रिक एड्भेन्चर क्रसओभर मोटरसाइकलका रूपमा हेरिएको छ ।

भारतीय इलेक्ट्रिक दुईपांग्र्रे निर्माता अल्ट्राभोइलेट आफ्नो उच्च प्रदर्शन, भविष्यमुखी डिजाइन र अत्याधुनिक प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा चर्चित ब्रान्ड हो । एक्स४७ र डिर्जट भेरियन्ट बिक्रीका लागि ल्याइने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

एक्स४७ ले एड्भेन्चर टुरिङ र अफरोडिङलाई लक्षित गरेको छ । यसमा ठूलो विन्डस्क्रिन, अग्लो ह्यान्डलबार, नकल गार्ड, सिंगल–पिस सिट, साइड लाइट तथा प्यानियर जस्ता फिचरहरू उपलब्ध छन् । मोटरसाइकलको समग्र डिजाइन अल्ट्राभोइलेटको एक्स४७ बाट प्रेरित देखिए पनि यसलाई क्रसओभर स्वरूपमा विकसित गरिएको हो ।

अल्ट्राभोइलेट ‘एक्स४७’ को सबैभन्दा विशेष पक्ष भनेको यसमा उपलब्ध इन्टिग्रेटेड राडार प्रणाली हो । कम्पनीका अनुसार यो प्रविधिसहित आउने विश्वकै पहिलो मोटरसाइकलमध्ये एक हो । राडार प्रणालीले पछाडिको सवारीसाधनको गतिविधिलाई निगरानी गर्दै ब्लाइन्ड स्पट डिटेक्सन, रियर कोलिजन वार्निङ, लेन चेन्ज अलर्ट तथा ओभरटेकिङ असिस्ट जस्ता सुरक्षा सुविधाहरू प्रदान गर्छ।

मोटरसाइकलका चयनित भेरियन्टहरूमा अगाडि र पछाडि गरी दुईवटा क्यामेरा पनि उपलब्ध छन् । यी क्यामेराहरूले ड्यासक्यामको रूपमा काम गर्नुका साथै एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमलाई सहयोग पु¥याउँछन् । रियर क्यामेराले पार्किङ असिस्ट फिचरको रूपमा समेत काम गर्ने कम्पनीको दाबी छ ।

एक्स४७ निकै फिचर–प्याक मोटरसाइकल हो । यसमा स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस, चार स्तरको ट्रयाक्सन कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हिल होल्ड असिस्ट, डाइनामिक स्टेबिलिटी कन्ट्रोल तथा विभिन्न जानकारी हेर्न मिल्ने डुअल डिस्प्ले उपलब्ध छन्। यी सबै फिचरहरू डिस्प्लेमार्फत सहज रूपमा नियन्त्रण गर्न सकिन्छ ।

मोटरसाइकललाई स्टिल ट्रेलिस फ्रेम र कास्ट आल्मुनियम सब–फ्रेममा निर्माण गरिएको छ । यसमा प्रिलोड एड्जस्टेबल अपसाइड–डाउन फ्रन्ट फोर्क, मोनोसक सस्पेन्सन, ब्रेम्बो डिस्क ब्रेक, १७ इन्चको अलोय ह्विल तथा डुअल–पर्पस ट्युबलेस टायर दिइएको छ, जसले यसलाई सडक तथा हल्का अफरोड दुवैका लागि उपयुक्त बनाउँछ ।

चार्जिङको सुविधालाई समेत ध्यानमा राख्दै कम्पनीले यस मोटरसाइकलमा १.६ किलोवाट क्षमताको एयर–कुल्ड अनबोर्ड चार्जर उपलब्ध गराएको छ । हलुका तौलको यो चार्जरलाई छुट्टै भारी उपकरण बोकिरहनु नपर्ने गरी डिजाइन गरिएको छ। प्रयोगकर्ताले केवल चार्जिङ केबल साथमा राखे पुग्ने कम्पनीले जनाएको छ ।