मुम्बई । प्रतीक्षित बलिउड फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायत विभिन्न भाषामा एकसाथ ट्रेलर रिलिज गरेको हो ।
नितेश तिवारी निर्देशित फिल्मको यो पहिलो भागको ट्रेलर हो । जसमा भगवान् राम र रावण दुवै पात्रलाई समान प्राथमिकता दिइएको छ ।
फिल्ममा रणवीर कपूर भगवान् रामको भूमिका छन् भने दक्षिण भारतीय सुपरस्टार यश रावणको भूमिकामा र साई पल्लवी माता सीताको भूमिकामा छन् ।
फिल्ममा सनी देओल हनुमान, रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् । अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह, विवेक ओबेरोय र कुणाल कपूरलगायतको समेत फिल्ममा अभिनय छ ।
फिल्मको संगीत ओस्कर विजेता एआर रहमान र हान्स जिमरले तयार पारिरहेका छन् । नमित मल्होत्रा निर्माता रहेको फिल्म दुई भागमा प्रदर्शन गरिनेछ। पहिलो भाग सन् २०२६ को दीपावलीको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ ।





